चेन्नई फाइनलमा, दिल्लीको पराजयसँगै सन्दीपको यो सिजनको आईपीएल यात्रा टुंगियो
काठमाडौं, २८ वैशाख । इण्डियन प्रिमयर लिगको १२औं सिजनको क्वालिफायर-२ मा चेन्नई सुपरकिंग्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ । विशाखापट्टनमको वाईएसआर रेड्८ी स्टेडियममा खेलिएको खेलमा दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । दिल्लीले दिएको लक्ष्य पछ्याएको चेन्नईले १९औं ओभरमा ४ विकेटको क्षतिमा १५१ रन बनाएर खेल जितेको हो । चेन्नईको आईपीएलमा यो १०औं सिजन हो । उसले ८ पटकसम्म फाइनलमा स्थान बनाएको छ । चेन्नईको आईपीएलमा यो १००औं जित हो । च्याम्पियन्सको लागि चेन्नईसँग भिड्दै गरेको मुम्बई ईण्डियन्सले भने अहिलेसम्म १०८ खेल जितिसकेको छ ।
चेन्नईले लगातार दोस्रोपटक क्वालिफायर-२ मा दिल्लीलाई हराएको छ । चेन्नईको जितमा फाफ डुप्लेसिसको यो सिजनको तेस्रो र समग्रमा १२औं अर्धशतकले काम गर्यो । उनी प्लेयर अफ द म्याच पनि भए । उनले ५० रनको पारी खेल्दा ७ चौका र एक छक्का हिर्काए । शेन वाट्सनले यो सिजनको दोस्रो र समग्रमा १८औं अर्धशतक हिर्काए । उनले ३ चौका र ४ छक्कासहित अर्धशतक बनाएका हुन् । सुरेश रैना भने १६औं ओभरको आखिरी बलमा ११ रन बनाएर आउट भए । उनी अक्षर पटेलको बलमा बोल्ड भएका हुन् । उनी आउट हुँदा चेन्नईसँग १२७ रन थियो । महेन्द्र सिंह धोनी चेन्नईको चौथो विकेटको रुपमा पतन भए । चेन्नईलाई जितका लागि २ रन चाहिएको बेला इशान्त शर्माको बलमा किमो पलले डीप स्क्वाइर लेगमा धोनीलाई क्याच गरे । धोनी ९ बलमा ९ रन बनाएर आउट भए । अम्बाती रायडू २० रन बनाएर अविजित रहे ।
यसअघि दिल्लीको लागि ऋषभ पतले सबैभन्दा धेरै ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७, श्रेयस अय्यरले १३, रदरफोर्डले १० र इशान्त शर्माले १० रनको पारी खेले । यी बाहेक दिल्लीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । चेन्नईका लागि दिपक चहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्रावोले २/२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए । हरभजनले शेरफेन रदरफोर्डलाई प्याभेलियन फर्काउँदै आफ्नो आईपीएल करिअरमा १५० विकेट लिन सफल भए । उनी आईपीएलमा १५० रन वा त्योभन्दा बढी विकेट लिने तेस्रो बलर हुन् । यसअघि लसिथ मलिंगाले १६९ विकेट र अमित मिश्रले १५६ विकेट लिइसकेका छन् । दिल्लीको पराजयसँगै नेपाली युवा स्पिनर सन्दीप लामिछानेको यो सिजनको आईपीएल यात्रा टुंगिएको छ । उनी पछिल्ला खेलहरुमा बेञ्चमै सीमित बनाइएका थिए ।
May 11, 2019 11:33 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी