सोमबारसम्म चट्याङ सहित वर्षा हुने
विराटनगर । शनिवारदेखि तीन दिन सम्म फेरी हावा हुरी र चट्यांग सहित वर्षा हुने चेतावनी मौसम विज्ञान विभागले गरेको छ । सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागको वुलेटिनमा उल्लेख छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा तीन दिन हुने मौसम बदलीका विषयमा जारी गरेको वुलेटिनमा शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुने उल्लेख छ ।
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा परिवर्तन आउने जनाएको छ । जसको कारण केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाको बुलेटिन जस्ताको तस्तै –
बैशाख २८ गते (शनिवार) दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २९ गते (आईतवार) दिउँसोस् देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३० गते (सोमबार ) दिउँसोस् देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।
May 11, 2019 12:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड