

अचम्मको संयोग ! सुत्केरी वार्डका सबै नर्स एकै पटक गर्भवती

हरेक अस्पतालको प्रसुती वार्डमा गर्भवती महिलाहरुको चाप हुनु सामान्य नै हो तर एक पटक कल्पना गर्नुहोस् त त्यहाँ कार्यरत नर्सहरु पनि एकै समयमा सबै गर्भवती भए भने ? विरामी जत्तिकै संख्यामा नर्सहरु नै गर्भवती देखिदा पक्कै अचम्म हुन्छ । तर यस्तै भएको छ । यसरी सबै नर्स गर्भवती हुदाँ नेपालजस्ता देशमा भने जनशक्ति अभावमा समस्या हुन सक्थो तर पोर्टल्याण्डमा भएको यो संयोगले खुसी थपेको छ ।
र त अस्पतालले एक कार्यक्रम नै गरेर उनिहरुलाई बधाई दिएको छ । पोर्टल्याण्डमा रहेको माइन मेडिकल सेन्टरको प्रसूति विभागमा कार्यरत ९ मध्ये सबै नर्सहरु यहीअप्रिल र जुलाई महिनामा सुत्केरी हुदै छन् । त्यसो त नर्सहरु नै छक्क पर्ने गरि आपसमा यो खवर सुनाएका थिए । संगै कार्यरत सबैजसोले एकाएक गर्भवती भएको खवर सनाउदाँ निक्कै खुसी लागेको गर्भवती नर्स यिरिन ग्रेनियरले बताइन् । सबैले एकै किसिमको समय विताइरहेको बेला एकअर्कालाई सहयोग गर्न समेत उनिहरु तम्तयार छन् ।
अस्पतालले बधाई दिन आयोजना गरेको समारोहमा गर्भवती भएका ९ मध्ये ८ जना उपस्थित भएका थिए । उनीहरुले बेवी बुमको तस्विर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ । नि केहीले सबै एकैसाथ गर्भवती हुदाँ अस्पतालको सेवामा समस्या हुने भन्दै चिन्ता जनाएका छन् । तर अस्पतालले सेवाको विषयमा चिन्ता नलिन आग्रह गरेको छ । त्यो अबस्थाकोलागि अस्पताल पुर्ण रुपमा तयार भएको छ । नर्स अमाण्ड स्पिर भने अबस्था र भोगाई साटासाट गर्दै विरामीको सेवामा लागिरहेको बताउछिन् । अहिलेपनि ती नर्सहरुले आफूहरु सुत्केरी हुने मिति उल्लेख भएको कार्ड भिरेर अस्पतालमा सेवा दिइरहेका छन् । एजेन्सी
May 11, 2019 12:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

