अचम्मको संयोग ! सुत्केरी वार्डका सबै नर्स एकै पटक गर्भवती
हरेक अस्पतालको प्रसुती वार्डमा गर्भवती महिलाहरुको चाप हुनु सामान्य नै हो तर एक पटक कल्पना गर्नुहोस् त त्यहाँ कार्यरत नर्सहरु पनि एकै समयमा सबै गर्भवती भए भने ? विरामी जत्तिकै संख्यामा नर्सहरु नै गर्भवती देखिदा पक्कै अचम्म हुन्छ । तर यस्तै भएको छ । यसरी सबै नर्स गर्भवती हुदाँ नेपालजस्ता देशमा भने जनशक्ति अभावमा समस्या हुन सक्थो तर पोर्टल्याण्डमा भएको यो संयोगले खुसी थपेको छ ।
र त अस्पतालले एक कार्यक्रम नै गरेर उनिहरुलाई बधाई दिएको छ । पोर्टल्याण्डमा रहेको माइन मेडिकल सेन्टरको प्रसूति विभागमा कार्यरत ९ मध्ये सबै नर्सहरु यहीअप्रिल र जुलाई महिनामा सुत्केरी हुदै छन् । त्यसो त नर्सहरु नै छक्क पर्ने गरि आपसमा यो खवर सुनाएका थिए । संगै कार्यरत सबैजसोले एकाएक गर्भवती भएको खवर सनाउदाँ निक्कै खुसी लागेको गर्भवती नर्स यिरिन ग्रेनियरले बताइन् । सबैले एकै किसिमको समय विताइरहेको बेला एकअर्कालाई सहयोग गर्न समेत उनिहरु तम्तयार छन् ।
अस्पतालले बधाई दिन आयोजना गरेको समारोहमा गर्भवती भएका ९ मध्ये ८ जना उपस्थित भएका थिए । उनीहरुले बेवी बुमको तस्विर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ । नि केहीले सबै एकैसाथ गर्भवती हुदाँ अस्पतालको सेवामा समस्या हुने भन्दै चिन्ता जनाएका छन् । तर अस्पतालले सेवाको विषयमा चिन्ता नलिन आग्रह गरेको छ । त्यो अबस्थाकोलागि अस्पताल पुर्ण रुपमा तयार भएको छ । नर्स अमाण्ड स्पिर भने अबस्था र भोगाई साटासाट गर्दै विरामीको सेवामा लागिरहेको बताउछिन् । अहिलेपनि ती नर्सहरुले आफूहरु सुत्केरी हुने मिति उल्लेख भएको कार्ड भिरेर अस्पतालमा सेवा दिइरहेका छन् । एजेन्सी
May 11, 2019 12:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग