प्रिमियर लिगमा सिजनको अन्तिम खेल आज, कसले जित्ला उपाधि ?
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानोसहित जारी सिजनको अन्तिम चरणका खेल आज हुँदैछ । लिगका दशवटै खेल राति पौने ८ बजेदेखि सुरु हुनेछ । तर २ खेलमा मात्र सबैको आकर्षण रहनेछ । प्रिमियर लिगमा सन् २०११/१२ को सिजनपछि पहिलोपल्ट उपाधि छिनोफानो अन्तिम खेलबाट हुन लागेको छ ।यो दौडमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल छन् ।
दौडमा सिटी एक कदम अगाडि छ भने गएको साता बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले पछ्याइरहेको छ । लिगका ३७ खेलमा सिटीको ९५ र लिभरपुलको ९४ अंक छ । आइतबार लिभरपुलले एनफिल्डमा उल्भरह्याम्प्टनसँग खेल्नेछ भने सिटीले रेलिगेसनबाट मुस्किलले जोगिएको ब्राइटनसँग उसकै मैदानमा खेल्दैछ ।
जारी लिगको अहिलेसम्मको यात्रामा लिभरपुल र सिटीको उत्कृष्ट अग्रपंक्ति नै उसको सफलताको कारक बनेको छ । सिटीले ३१ खेलमा जित निकालेको छ भने २ खेल बराबरी खेलेको छ । लिभरपुलले ३७ खेलमा २९ जित, ७ बराबरी र एउटामात्र हार ब्यहोरेको छ ।
May 12, 2019 11:07 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी