मध्यरातमा नाबालिका छोरीलाई आगो लगाएर हत्या गरे आफ्नै बाबा आमाले !
श्रीमान-श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छाेरीलाई जलाएर हत्या गरेका छन् । व्याँस गाउँपालिका-५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिला लाई छोरी जलाएर हत्या गरेकाे अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएकाे थियाे । श्रीमतीसँगकाे विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जनकारी दिए । खरको कुन्युमा आगो लागेपछि स्थानीय घटना स्थलमा पुगेको र घटना स्थलमा पुगेका थिए ।
May 12, 2019 11:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप