मध्यरातमा नाबालिका छोरीलाई आगो लगाएर हत्या गरे आफ्नै बाबा आमाले !
श्रीमान-श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छाेरीलाई जलाएर हत्या गरेका छन् । व्याँस गाउँपालिका-५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिला लाई छोरी जलाएर हत्या गरेकाे अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएकाे थियाे । श्रीमतीसँगकाे विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जनकारी दिए । खरको कुन्युमा आगो लागेपछि स्थानीय घटना स्थलमा पुगेको र घटना स्थलमा पुगेका थिए ।
May 12, 2019 11:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग