Friday 29th November 2024

पाकिस्तानको पाँच तारे होटलमा तीन बन्दुकधारीको आक्रमण

6 years अगाडी

पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् ।तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार रमजान र छुट्टीका कारण होटलमा कोही पाहुना थिएनन् र कर्मचारी पनि कम थिए ।बलूचिस्तान लिबरेशन आर्मी (बिएलए) ले हमलाको जिम्मेवारी लिँदै चीन र विदेशी लगानीकर्तालाई निशाना बनाउनका लागि हमला गरिएको जानकारी दिए ।समूहसँग सम्बन्धित दाबी गर्ने एक ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमाथि थप हमला हुने चेतावनी दिइएको छ ।बलोचिस्तानमा उक्त स्थानीय संगठन चीनियाँ लगानीकर्ताको विरोध गर्छ । होटलभित्र अहिले पनि केही कर्मचारी हुनसक्ने अनुमान गरिएको छ ।यसअघि आएको रिपोर्टमा होटललाई खाली गरिएको बताइएको थियो ।

कहिले भयो हमला ? : बन्दुकधारीले स्थानीय समयानुसार बेलुका ४ बजेर ५० मिनेटरमा होटलमा हमला गरे । एक सुरक्षाकर्मीले होटलको ढोकामा बन्दुकधारीलाई छेक्ने कोसिस गर्दा उनको हत्या गरियो । रिपोर्टका अनुसार बन्दुकधारी अहिले पनि होटल भित्रै छन् र सुरक्षाकर्मी उनीहरुसँग लडिरहेका छन् । हमलाका बेला होटलमा कति मानिस थिए भनेर स्पष्ट जानकारी छैन ।यो होटल अरब सागरको किनाराको एउटा चट्टानमा छ र यसको अर्कोतर्फ ग्वादर बन्दरगाह छ ।

बलूचिस्तानका गृहमन्त्री मिर जियाउल्लाहले पुलिस, फ्रन्टियर कोर र अन्य सुरक्षा एजेन्सीले होटललाई घेरेको जानकारी दिए ।उनीहरुको दाबी अनुसार होटलमा हमलाका बेला कुनै पनि विदेशी नागरिक थिएनन् । उनका अनुसार बलूचिस्तानमा आत्मघाती हमला घुसेको रिपोर्ट थियो तर ग्वादरमा यस्तो कुनै हमला भएको छैन ।बलूचिस्तान लिबरेशन आर्मीको माजिद ब्रिगेडले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

ग्वादरमा गत महिनामात्रै चरमपन्थीले ११ सुरक्षाकर्मीसमेत १४ जनाको हत्या गरेको थियो ।उक्त इलाकामा विभिन्न चरमपन्थी संगठन सक्रिय छन् जसमा पाकिस्तानी तालिबान, बलूचिस्तान लिबरेशन आर्मी र सुन्नी मुश्लिम चरमपन्थी संगठन लश्कर–ए–झांग्वी समावेश छन् ।ग्वादर, चीन र पाकिस्तानबीच इकोनोमिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका थुप्रै इन्जिनियर र अन्य कर्मचारीको उपस्थिती छ । ग्वारको पश्चिमी सीमा इरानसँग लाग्छ ।

          May 12, 2019 12:35 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...