१७ वर्षपछि सलमान र शाहरुखलाई एउटै चलचित्रमा ल्याउने तयारी गर्दै यी निर्देशक
बलिउड अभिनेता शाहरुख खान र सलमान खान पछिल्लो समय एकअर्काका निकै घनिष्ठ साथी भएका छन् ।दुवै जना एकअर्काको चलचित्र प्रमोशनको काममा कुनै पनि किसिमको कसर छोड्दैनन् । यी दुवै एकअर्काको चलचित्रमा केमियो पनि गर्दै आइरहेका छन् । केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख खानले सलमान खानको चलचित्र ‘भारत’ को ट्रेलर रिलिज भएसँगै खुलेरै प्रसंशा गरेका थिए ।
बलिउड खबरका अनुसार, दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन् । निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन् । जफरले भने, ‘यो छिट्टै नै हुनेछ । यदि मैले नै स्क्रिप्ट लेखे भने यो काम छिट्टै नै हुनेछ यी दुवैले एकअर्कालाई माया गर्छन् । दुवै एकअर्काको साथमा काम गर्न चाहन्छन् । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।
शाहरुख र सलमानको जोडी पर्दामा आयो भने दर्शकका लागि त्यो फिल्म कुनै विशेष सप्राइजभन्दा कम हुने छैन । सन् २००२ मा यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । त्यस घि फिल्म ‘करण अर्जुन’ मा यी दुवैले दाजुभाइको भूमिका निर्वाह गरेका थिए । त्यसको १७ वर्ष पुगिसक्दा पनि यो जोडी एकैसाथ एउटै फिल्ममा मुख्य अभिनेताको रुपमा फर्किएका छैनन् । तर अब भने शाहरुख खान र सलमान खानका फ्यानहरुको यी दुवैलाई एकसाथ मुख्य अभिनेताको रुपमा पर्दामा हेर्ने सक्नेछन् ।
May 14, 2019 10:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो