Friday 13th March 2026

बालिका बलात्कार गर्नेलाई १६ वर्षको कैद फैसला

7 years अगाडी

दाङ – जिल्ला अदालतले बलात्कार मुद्धामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ निवासी १८ वर्षीय मुकेश विकलाई १६ वर्षको कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वर्षीया बालिका बलात्कार कसुरमा दोषी ठहर गर्दै अदालतले १६ वर्ष कैद फैसला सुनाएको हो । फैसलामा पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ती उपलब्ध गराउने भनिएको छ ।

पीडितको आर्थिक अवस्था नाजुक भएकाले स्थानीय तहबाट क्षतिपूर्ती उपलब्ध गराउने भनि फैसला भएको हो । ५ वर्षीया ती बालिकालाई गएको माघमा विकले बलात्कार गरेको जाहेरी आफन्तले प्रहरीमा दिएका थिए ।

          May 14, 2019 10:32 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...