

करोडपति बिजेता राजिव जैनले रबि लामिछानेसंग मागे माफी, अमिताभ बच्चनसंग राजेशको तुलना (भिडियो सहित)

टेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ । एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् । यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ ।कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।
कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । आजको को बन्छ करोडपतिको ४२ औ एपिसोडमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् ।ब्यापारी जैनले को बन्छ करोडपतिको खेलको सुरुवात मै आफु पैसाको लागि नभएर आफ्नो योग्यताको परिक्षण गर्न आएको बताएका थिए । उनले खेलको दौरान भनेका थिए ‘म क्विट गर्ने मान्छे हैन’ । खेलको १५ औ प्रश्नमा २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्न सोधिएको थियो ।
जुन प्रश्नको सहि उत्तरले उनलाई एक करोड जिताउथ्यो भने गलत उत्तरले सिधा तिन लाख बिस हजार रुपैयामा झार्ने थियो । तर पछी नहट्ने स्वभावका राजीवले सहि उत्तर दिदै एक करोड रुपैया जितेका थिए । बन्च करोडपतिका अनुसार आगामी साता चर्चित पत्रकार रबि लामिछाने को बन्छ करोडपतिमा खेल्दै छन । हेर्नुहोस को बन्छ करोडपतिको इतिहासमा राजीव जेनले एक करोड रुपैया जितेको ४२ औ एपिसोडको पुरा भिडियो :
May 14, 2019 11:35 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

