क्रुरताको पराकाष्ठा: जेठाजुले यसरी गरे बुहारीको हत्या ! (भिडियाे सहित)
राजधानीमा केहीदिन अघि जेठाजु्ले बुहारीको हत्या गरेको समाचार आयो । समाचारमा आएसँगै यो विषय ब्यापक चर्चा पनि पायो ।समाचारमा आएर जसरी यो कुरा बाहिर आउँदै गयो, प्रहरीको पनि घटनामा चासो त्यत्तिकै बढ्दै गयो । प्रहरीले घटनाको अनुसन्धान गरी दोषी भनिएका जेठाजुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । कसरी गरे त जेठाजुले बुहारीको हत्या, आउनुहोस् जानौँ ।
घटना बिवरण : घटनाः २०७६ बैशाख २६ गते बिहिबार स्थानः ललितपुर महानगरपालिका वडा नं. २६, ढोलाहिटी समयः दिउँसो १ बजे ।
ललितपुरको सुनाकोठीस्थित ढोलाहिटीमा रहेको मोति विनायक मन्दिर नजिकैको यो साढै २ तल्ले घर । महत परिवारको यो घरमा तल्लो तल्ला भाडामा दिइएको छ । दोश्रो तल्ला भने प्रज्जवल र उज्जवल महतको परिवार बस्छ अनि तेश्रो तल्लामा महत परिवारका अगुवा बस्नुहुन्छ ।सधैजसो यस घरको वातावरण शाान्त थियो बैशाख २६ गते पनि । ढोलाहिटीको यो टोलमा ढल राख्ने भन्दै २६ गते बिहान ११ बजेसम्म स्थानीय वडा अध्यक्षसहित उपभोक्ता समितिको मिटिङ चलेको थियो त्यही मिटिङमा सहभागी भएको थिए उज्जवल र उनका बुबा । ११ बजेपछि मिटिङ सकिएपछि सबै जना आ–आफ्नो घरमा । उज्जवल र उनका बाबु पनि घर गए र खाना खाए ।
त्यसोत ढोलाहिटिको यो टोलका धारामा पानी आउँदैन । पानीको हाहाकार छ त्यहाँ । एउटा घरमा मात्र पानी आउने भएकाले सबै जसो पानी थाप्न त्यहि घरमा पुग्छन् । २६ गते पनि दिउँसो १ बजे सबैजना पानी लिन गएका थिए । महत परिवारमा भने कान्छि बुहारी अन्जना, जेठो छोरो उज्जल र उज्जलकी आमामात्र घरमा हुनुहुन्थ्यो । कोठा भाडामा बस्ने पनि पानी लिन गएका थिए ।
पानी लिएर फर्कँदा माथिल्लो तल्लाको कोठाबाट अनौठो आवाजको महसुस भएसँगै कोठामा पुगेकी घरमा भाडामा बस्ने ती महिलाले बिभत्स दृष्य देखिन् । चिच्याउँदै बाहिर आउँदा अन्जनाको हत्या भइसकेको थियो । अनुहार र सम्पूर्ण कपडामा रगतको छिर्कासहित अन्जनालाई खुकुरी प्रहार गर्ने अन्जनाकैै जेठाजु उज्जवल महत बरण्डामा देखिएको स्थानीय बताउँछन् । स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे । नजिकै तैनाथ प्रहरीको सिआरभीको टोली ५ मिनेटमै घटनास्थल पुग्छ । प्रहरीको टोलीले दोश्रो तल्लाको बरण्डामा खुकुरी लिएर बसेको अवस्थामा उज्जवल महतलाइ नियन्त्रणमा लिन्छ ।
प्रहरी अनुसन्धान र बास्तविकता
पेशाले संगीतकार हुन् उज्जवल महत । उनी ड्रम बजाउँथे । साउण्ड इन्जिनियर पनि हुन उनी । लामो समयदेखि ध्वनी प्रदुषणमा काम गरेका( उनको कानमा समस्या आएको र डेढ २ महिनादेखि घरमै बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । २६ गते दिउँसो उज्जवलले घटना घटाई तेश्रो तल्लामा सुतिरहेकी आमालाइ, मैले बुहारी अन्जनालाई मारीदिए भन्दै पुगेको पनि अनुसन्धानले देखाएको छ ।
त्यसोत उज्जवललाई केहि समयदेखि विभिन्न तर्कना आउने गरेको र अस्वभाविक गतिबिधि गर्ने गरेकाले झारफुक गर्न धामी झाँक्रिकोमा लैजाने गरेको स्थानीयले बताएका छन् । घटनामा उज्जवलको संलग्नता भएको र कानूनी कारवाही गर्न माग गर्दै अन्जनाका पिता गणेशबहादुर लामा र उज्जवलकै नातामा काका पर्ने शिवराम महतले प्रहरीमा किटानी जाहेरी दिएका छन् । अन्जनाको हत्या किन भयो ? बिषय के थियो ? सम्पतिको कारण थियो या सामाजिक मूल्य मान्यताका प्रश्न या आपसी कलह, अनी मान मर्यादाका कुरा वा प्रतिवादीको मानसिक अबस्था ? कारणको खोजीमा प्रहरी अनुसन्धानमा सक्रिय छ ।
May 14, 2019 11:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप