प्रेमीद्वारा प्रेमीकाको घाँटी रेटी हत्या
पाँचथर ,पाँचथरको हिलिहाङ गाउँपालिका ४, पञ्चमीमा प्रेमीले घाँटी रेटेर प्रेमीकाको हत्या गरेका छन् । आइतबार साँझ हत्या गरिएकी शीतल योङहाङको हत्या उनकै प्रेमीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।हत्या गरेको आरोपमा पक्राउ परेका भगिरथ बाँस्तोलाले उनको प्रेमीसहित मिलेर शीतलको हत्या गरेको बताएको प्रहरीले जनाएको छ । फाल्गुनन्द गाँउपालिका २ पात्लेभञ्ज्याङका २० वर्षीय बाँस्तोलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीलाई प्रहरीले फिदिम नगरपालिका २ को पल्लोटारबाट पक्राउ गरेको हो
दुई जना मिलेर शीतलको हत्या गरेको, हत्यामा संलग्न एकजना पक्राउ परेको र घटनामा संलग्न अर्का एकजना फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । शीतलका प्रेमी भनिएका अन्दाजी २० वर्षीय पदम तामाङ फरार रहेकोले उनको खोजी कार्य भइरहेको छ । तामाङकै योजनामा शीतलको हत्या गरिएको पक्राउ परेका बाँस्तोलाले प्रहरीसमक्ष बयान दिएका छन् ।
तामाङ र शीतलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेम सम्बन्धमा खटपट आएपछि हत्या गरिएको हुन सक्ने प्रहरीको भनाई छ ।बाँस्तोलाले बयानमा तामाङ र शीतलबीचको प्रेम सम्बन्धमा खटपट भएपछि शितलको हत्या गर्न तामाङको साथ लागेर आफू पनि गएको बताए । गत वैशाख २४ गते घरबाट हत्या गर्न सितलको गाउँ पञ्चमी पुगेका उनीहरुले आइतबार साँझ शीतलको हत्या गरेर सडक छेउमा फालेका थिए ।
आइतबार बिहान १० बजे तामाङ र बाँस्तोलाले शीतललाई भेटेको र उनलाई बेलुका आफूहरुलाई भेट्न आग्रह गरेका थिए । विद्यालयबाट घर फर्किएपछि शीतल उनीहरुलाई भेट्न घर नजिकैको घरमा गएकी थिइन् । त्यस ठाँउमा शीतल आएपछि तामाङले शीतललाई शारीरिक सम्पर्क गर्न खोज्दा नमानेपछि पक्रेर घाँटी रेटेर मारेको बाँस्तोलाले प्रहरीमा बयान दिएका छन् । बयानका क्रममा बाँस्तोलाले आफूले शीतललाई समातेको र तामाङले शीतलको घाँटी रेटेर हत्या गरेको बताएका छन् ।
May 14, 2019 1:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग