बिहेको तयारीमा रहेकी युवती मृत फेला
7 years अगाडी
Susma Dhakal
बुटवल– रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ बर्षीय सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् ।
बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो । स्थानीयवासीले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको रातोपाटीलाई बताए । ‘घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले गम्भिर रुपमा अुनसन्धान गरेका छौ’ एसपी थापाले बताए ।
निशाको घर परिवारले बिहे गर्न केटासँग कुरा भइरहेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि काठमाडौं टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रमा लिएको छ ।
May 15, 2019 3:14 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...