 
						 
गायक विशाल पाख्रीनको “लभ्ली माइली” सार्वजनिक
 
 आर डि क्रीएशन/ मे १५ कुवेत। निक्कै लामो समयदेखी कुवेतमा कार्यरत विशाल पाख्रीनले आफ्नो वैदेशिक रोजगारी संगै गीतसंगितलाइ पनि अघि बढाइरहेका छन। गीत संगीतलाइ आफ्नो नजिकको मित्रको रुपमा हेर्ने विशाल यतिबेला गीतसंगितमा नै भविस्य खोजिरहेका छन। भविस्य खोज्दै जाने क्रममा आजै मात्र उनको “लभ्ली माइली” उनको आफ्नै युट्युब च्यानल विशाल मिडियाबाट सार्वजनिक भएको छ।
त्यसो त बिशाल पाख्रीनले यो भन्दा अघि पनि आफ्नो र अरुको शब्द/लयमा झन्डै एक दर्जन गीत गाइसकेका छन। आफ्नो कामलाई बढी प्राथामिकता दिइनुपर्ने भएकोले बचेको समयलाई मात्र गीत संगीतमा खर्चिनु परेकोले लामो समयपश्चात लभ्ली माइली सार्वजनिक गरेको बताउने पाख्रीनले यश गीतबाट पनि विगतका गीतहरुमा जस्तै दर्शक स्रोताको मायाको अपेक्षा गरेका छन।
जिग्मे मिडिया प्रोडक्सनबाट अभि लामको निर्देशनमा विशाल पाख्रीन र चर्चित गायिका पुर्णिामा लामाको मीठो आवाजले सजिएको गीत विशाल मिडिया यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ। यश गीतको शब्द विशाल पाख्रीन आफैले गरेका छन भने संगीत नेपाली तामाङ सेलो बेसमा दर्शक स्रोताले अत्याधिक मन पराइएका गायक विश्व दोङ्ले गरेका छन। यश गीतलाइ दिपेश प्रधानले मिक्सिङ गरेका छन।
विशाल पाख्रीनको लभ्ली माइलिमा बुगिवुगिबाट खुव चर्चा कमाएका सरोज मोक्तान, चर्चित मोडलद्वय सम्झना लामा र शाना लामाको अभिनय देख्न सकिन्छ भने यश गीतको भिडियोलाइ सुर्य लामाले एडिट गरेका हुन। लभ्ली माइलीको निर्माता विशाल पाख्रीन, माया तामाङ र लक्ष्मण स्याङ्बो हुन।
May 15, 2019 5:38 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
 
 
