Friday 13th March 2026

तामाङ घेदुङ मकाउको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न।

7 years अगाडी

तामाङ घेदुङ मकाउले आफ्नो नयाँ कार्य समिति गठन भएको करिब एक महिना पश्चात पुर्व कार्य समितिलाई एक कार्यक्रम को आयोजना गरि सम्मान तथा बिदाई गरेको छ। सन् २०१६ मा स्थापना भएको यस संस्था २०१९ सम्म दोर्जे लामाको नेतृत्वमा क्रियाशील रहेको थियो भने गत अप्रिल २२,२०१९ मा भएको घेदुङको दोस्रो अधिवेशन बाट हेम लो तामाङ को अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको थियो। गठन भए लगतै आफ्नो कार्य योजनाहरुलाई ब्यबहारिक रुपमा अगाडी बढाउने क्रममा पहिलो कार्यक्रम स्वरुप घेदुङ प्रति पुर्ब कार्य समितिको भूमिका र योगदानको कदर गर्दै प्रशंसा पत्र बितरण र खदा लगाएर पुर्व कार्य समितिका अध्यक्ष दोर्जे लामा सहित २५ जनालाई सम्मान तथा बिदाई गरिएको थियो ।

साथै बुद्ध जयन्तीको पुर्ब सन्ध्यामा आउदो मे १८ का दिन मकाउमा सक्रिय अन्य संघ संस्थाहरु संग समन्वय गरि सामूहिक रुपमा पुजापाठ र शुभकामना आदन-प्रदान कार्यक्रम को आयोजना गरिएको कुरा पनि अध्यक्ष हेम लो तामाङले सोहि कार्यक्रम मार्फत जानकारी गराए।त्यसै गरी अन्य थुप्रै कार्यक्रमहरु आफ्नो कार्ययोजनामा रहेको र क्रम बद्ध रुपमा आयोजना गर्दै लैजाने प्रतिबद्धता पनि उनले जनाए।सामूहिक जलपान तथा BBQ सहित पोटास पार्क(बोर्डर गेट) मकाउमा आयोजना भएको उक्त कार्यक्रममा लामो समय देखि मकाउमा बिभिन्न पेशा ब्यबसाय गर्दै आईरहेका करिब ५० जना भन्दा बढि तामाङहरुको सहभागीता रहेको थियो भने आगामी दिनहरुमा सहभागी संख्या बढाउने र सम्पुर्ण तामाङहरुलाई समेट्ने लक्ष्य घेदुङले राखेको छ।कार्यक्रममा दोर्जे लामा,हेम लो तामाङ,जय समदेन, सुरेन्द्र तामाङ लगायतले आफ्नो मन्तब्य राखेका थिए।कार्यक्रमको सञ्चालन भने घेदुङका सचिव वीरेन वाईबाले गरेका थिए ।

          May 15, 2019 5:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...