भारतीय क्रिकेट टोलीमा को होला चाैथो नम्बर ब्याट्सम्यान ?
भारतले दोस्रो पटक सन् २०११ मा दोस्रो पटक विश्वकपको उपाधि जित्दा विराट कोहली र युवराज सिंहले चौथो नम्बरमा ब्याटिङ गरेका थिए । तर त्यसको आठ वर्षपछि विश्वकपमा भारतीय टिमको चौथो नम्बरको ब्याट्सम्यान को हो भनेर चर्चा चलेको छ । ३० मे देखि इंग्ल्याण्डमा सुरु हुने विश्वकपका लागि उपाधिको दावेदार मानिएको भारतमा एक से एक ब्याट्सम्यानहरु छन् । तर उनीहरुको ब्याटिङ अर्डर भने अझै तय भइसकेको छैन । रोहित शर्मा र शिखर धवनले ओपनिङ गरे पनि कप्तान विराट कोहली तेस्रो नम्बरमा ब्याटिङमा उत्रने सम्भावना छ ।
तर चौथो नम्बरमो को त, टिममा पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी पनि छन् । टिम छनोट समितिले चौथो नम्बरका लागि विजय शंकरलाई चयन गरेको थियो । उनी आईपीएलमा चल्न नसकेपछि फेरि चौथो नम्बरको ब्याट्सम्यानको खोजी भएको हो ।केएल राहुलले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै दावेदारीता प्रस्तुत गरेका छन् । जबकी दिनेश कार्तिक र धोनीलाई चौथो स्थानमा पठाउन सकिन्छ । यसमा शंकर, राहुल र कार्तिकसँग विश्वकपको अनुभव छैन ।
धोनीले तीनवटा विश्वकप खेल्दा कार्तिकले २००७ को विश्वकपमा चौथो नम्बरमा ब्याटिङमा आउँदा जम्मा २९ रन बनाएका थिए । यस्तो कोहली एउटा चौथो नम्बरको दावेदार हुन सक्छन् । किनकी २०११ को विश्वकपमा उनले त्यसमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यतिबेला पाँच खेलमा उनले एक शतकसहित २०२ रन बनाएका थिए । यसैगरी युवराज सिंहले सोही नम्बरमा ब्याटिङ गर्दा एक शतकसहित १७१ रन बनाएका थिए । भारतले १९८३ मा पहिलो पटक विश्वकप जित्दा यशपाल शर्मा र सन्दीप पटेलले राम्रो प्रदर्शन गरेका थिए । दिलिप बेंगसरकरले १९८७ मा चौथो नम्बरमा ब्याटिङ गर्दा पाँच खेलमा १७१ रन बनाए । पहिलो र दोस्रो विश्वकपमा गुंडप्पा विश्वनाथले पनि चौथो नम्बरमा राम्रो खेलेका थिए । यसैगरी १९९२मा सचिन तेन्दुलकरले सात खेलमा २२९ रन बनाए ।
तेन्दुलरकरले विश्वकपमा भारतका लागि चौथो नम्बरमा सर्बाधिक १२ म्याच खेलेका छन् । जसमा उनले ४०० रन पनि बनाए । उनी पछि अर्का खेलाडी हुन मोहम्मद अजहरुद्दीन, उनले २३८ रन बनाएका थिए । उनले १९९६ मा ६ खेलमा यो नम्बरमा ब्याटिङ गर्दा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । जम्मा ७२ रनको नट आउट पारि मात्रै सम्झन लायक रहे । १९९९ मा इंग्ल्याण्ड विश्वकपमा अजय जडेजाले तीन खेलबाट १८२ रन जोड्दा तेन्दुलकरले पनि तीन खेलबाट १६४ रनको योगदान गरे ।
अजहरले दुई खेलमा ३१ रन बनाए । दक्षिण अफ्रिकामा भएको विश्वकपमा मोहम्मद केफले ६ खेलमा चौथो नम्बरमा ब्याटिङ गरे । उनले १४२ रन बनाएका थिए । यो स्थानमा राहुल द्रविड, सौरभ गांगुली, युवराज सिंह र नयन मोंगिया पनि खेलेका थिए । कोहलीले विश्वकप २०११ मा उत्कृष्ट भूमिका निभाए भने २०१५ मा अजिक्या रहाणेले सात खेलमा २०८ रन बनाएका थिए । एक खेलमा सुरेश रैनाले यो जिम्मेवारी लिँदा ७४ रनको इनिङ खेलेका थिए । तर अहिले रैना पनि विश्वकपमा छैनन् ।
May 16, 2019 10:49 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी