श्रीमतीलाई मायाको प्रमाण दिन औंला काटे, काटिएको औंला बट्टामा राखेर ससुराली गए
काठमाडौं। श्रीमान श्रीमतीबीच झगडा भइरहन्छ । रिसाएमा एक अर्कालाई फकाउने आफ्नो माया देखाउने पनि गरिन्छ । तर, कसैले श्रीमतीलाई आफूले माया गर्छु भन्ने प्रमाणित गर्न आफ्नै औंला काट्लान् ? एक युवकले यस्तै गरेका छन् । ती युवाले आफूसँग रिसाएर माइती गएकी श्रीमतीलाई आफ्नो मायाको प्रमाण दिन आफ्नो औंला काटे। त्यसपछि काटिएको औंलालाई बट्टामा राखेर ससुराली पुगे ।
घटना भारतको छत्तीसगढको हो । ती युवाले काटिएको औंला लिएर ६० किलोमिटर साइकल चलाउँदै श्रीमतीलाई भेट्न ससुराली पुगे । बट्टामा काटिएको औंला देखेपछि श्रीमती र ससुरालीका परिवार डराए । उनीहरु तत्काल युवकलाई लिएर प्रहरीमा गए । पुलिसले ती युवकलाई तत्काल अस्पताल लिएर गयो । अहिले युवकको स्वास्थ्य खतरामुक्त भएको बताइएको छ ।
कोरबा जिल्लाको औराइ गाउँमा मुकुन्द नामका ती युवकको बिहे बासिनखारकी ज्योतिसँग भएको थियो । केही दिअघि उनीहरुबीच झगडा भएको थियो । मुकुन्दलाई आफ्नी श्रीमतीको अरु कसैसँग सम्बनध भएको शंका भएको थियो । यो कुराले रिसाएकी पत्नी माइती गइन् । पछि मुकुन्दलाई आफ्नो गल्ती महसुस भयो । श्रीमतीलाई फकाएर घर ल्याउन मुकुन्द कैयौं पटक ससुराली गए तर श्रमितीले घर फर्किन अस्वीकार गरिन् । श्रीमतीले मुकुन्दले आफूलाई माया नगर्ने बताइन् । श्रीमतीको यो कुराले मुकुन्दलाई नराम्रो लाग्यो । मायाको प्रमाण दिनको लागि उनले आफ्नो औंला काटे । यति मात्र होइन मुकुन्दले शरीरका अन्य ठाउँमा पनि काटेर पत्नीको नाम लेखेका छन् ।
May 16, 2019 11:04 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग