काजु खानुहोस्, फाइदा आफैले थाहा पाउनुहुन्छ
काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ । म्याग्नेसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइने हुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काजु खानाले हड्डी तथा दाँतलाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।
काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बनाउनुका साथै हाम्रो दिमाग तेजिलो बनाउँछ ।
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज र रक्तचाप नियन्त्रणमा आएर हाम्रो मुटुलाई स्वास्थ्य रख्दछ । काजुमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै यसले दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।
May 16, 2019 11:36 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय