Thursday 10th July 2025

पलको “आमा”ले रुदै रोजिन बुहारी !, “तेरिया” भन्छिन फिल्म खेल्ने योजना छैन ! (भिडियो सहित)

6 years अगाडी

तेरिया भन्छिन्–‘अहिले नै फिल्म खेल्ने योजना छैन’‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन् । तेरिया, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् ।

चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको प्रतिक्रिया दिइन् । उनले, केही समय अगाडि चलचित्र खेल्ने समाचार पनि आएको थियो । यस बिषयमा तेरियाले भनिन्–‘त्यो गलत कुरा थियो । चलचित्र खेल्न लागेको भन्ने खबर आउँदा म पनि अचम्मित भएकी थिएँ । अहिले त्यो बिषयमा कुनै सोच छैन ।’

तेरियाले अहिले आफूले त्यस्तो केही काम नगरेको भन्दै सिकिरहेको नै सुनाइन् । कुन नायकसँग पर्दामा काम गर्न मन छ भन्ने प्रश्नमा तेरियाले भनिन्–‘त्यस्तो एक जना भन्ने त कोही पनि हुनुहुन्न । मलाई सबैसँग काम गर्न मन छ । सबै जना राम्रो हुनुहुन्छ ।’ भिडियो हेर्नुहोस ।

          May 17, 2019 11:06 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...