मोटाउने इच्छा छ ? त्यसोभए नियमित रूपमा खानुहोस् हाडे बदाम !
हाडे बदाम एक मसलाको प्रकार हो । यो खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ ।यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्दछ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनछ जसको सेवनले शरीरमा पाचन शक्ति बढाएर पेटसम्बन्धि रोगहरु निको पार्न मद्दत गर्छ ।
हाडे बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले हाम्रो कपाल तथा त्वचालाई स्वस्थ तथा सफा बनाई राख्दछ । हाडे बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण यसले हाम्लाई क्यान्सर हुनबाट जोगाउँछ ।
यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।
May 17, 2019 11:18 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय