Monday 9th June 2025

भोजपुरमा आगलागीबाट तीन घर जल्यो, ५२ लाखको क्षति

6 years अगाडी

भोजपुर,भोजपुरमा आगलागीबाट रु ५२ लाखको क्षति भएको छ । सदरमुकामस्थित पोखरेमा बिहीबार भएको आगलागीबाट रु ५२ लाख बराबरको क्षति भएको हो ।स्थानीयवासी बखतबहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो ।

आगलागीबाट श्रेष्ठको किराना पसल, नगद रु पाँच तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अन्य दुई घरमा समेत क्षति पुगेको छ । साँघुरोबाटोको कारण नगरपालिकाको दमकल जान नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए । रासस

          May 17, 2019 11:26 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...