मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १० नर्स पक्राउ
मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज १० जना नर्स पक्राउ परेका छन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुँन् । लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ । प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने ,ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ,सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ,पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने प्रत्यारोपण केन्द्रका नर्सले राख्दै आन्दोलन गर्दै आईरहेका थिए ।
यस्तै नर्सहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै गएको शुक्रबार देखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले अमरण अनसन सुरु गरेका थिए । अनसन सुरु गरेको आज एक साता बितिसक्दा पनि नर्सहरुको माग सम्बोधनको लागि सम्बन्धीत निकायले चासो दिएको छैन । हाल दुबै अनसनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।
May 17, 2019 1:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड