Sunday 17th August 2025

सुन्धारामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा छाेरीकाे मृत्यु, बुवा घाइते

6 years अगाडी

काठमाण्डाै – काठमाण्डाैकाे सुन्धारामा काठमाण्डाै मल अगाडि पानी बाेक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइकललाई काठमाण्डाै मल अघि ठक्कर दिँदा काभ्रे पनौति घर भई काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसीकाे ज्यान गएकाे हाे ।

दुर्घटनामा मोटरसाइकल चालक केसीका बुवा रामशरण केसी पनि गम्भीर घाइते हुनु भएकाे छ । दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको भए पनि सुनिताको उपचारको क्रममा ज्यान गएको र बुवा रामशरणकाे भने उपचार भइरहेकाे प्रहरीले जानकारी दिएको छ । माेटरसाइकललाई ठक्कर दिने ट्याङ्कर चालक अमर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

          May 17, 2019 1:25 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...