

लगातार ४० घण्टा नृत्य गरेर विश्व रेकर्ड कायम गर्ने घोषणा

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ¥याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् । रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले विश्व रेकर्ड कायम गर्नको लागि श्रेष्ठ दिदीबहिनीलाई शुभकामना दिए । सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने पनि विश्वास दिलाए ।उनले भने, ‘नेपाली चेलीहरुले त्यो पनि मेरै क्षेत्रका छोरीहरुले यस्तो विश्व किर्तिमानी कायम गर्न लागेको थाहा पाउँदा खुशी लागेको छ । उहाँहरुको नृत्य अवधिभर मेरो पनि साथ रहन्छ । म पनि दिनरातै त्यहाँ उपस्थित हुन्छ । मेरो परिवार पनि यसमा सरिक हुने कुरा जानकारी गराउँछु ।’
त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले श्रेष्ठ दिदीबहिनीले विश्व किर्तिमानी कायम गर्ने दाबी गरे । यसअघि पनि बन्दना नेपालले क्लबमार्फत नै विश्व किर्तीमानी गर्ने घोषणा गरेको र पछि सफल भएको धमलाले सुनाए । कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड इभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुईवटा विश्व रेकर्ड कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए । लामाले विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीहरुमा आफूले अदभुत क्षमता पाएको पनि सुनाए ।
लामा विगत लामो समयञदेखि मोटिभेश्नल स्पिकरको रुपमा काम गर्दै आएका छन् । उनले भने,‘श्रेष्ठ दिदिबहिनीहरुले यो कार्यक्रममा विश्व किर्तीमानी कायम गर्नुहुन्छ । त्यसको लागि मैले उहाँहरुको आत्मविश्वास बढाउनेदेखि आवश्यक उत्प्रेरणाको लागि तालिमपनि दिँदै आएको छु ।’कार्यक्रममा श्रेष्ठ दिदिबहिनीका बुवा सन्तप्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व किर्तिमानी कायम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए ।
उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाए । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन् । यसअघि यो किर्तिमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ । उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए ।
May 17, 2019 3:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

