Saturday 16th August 2025

सिराहामा हात्तीले आक्रमण गर्दा बृद्धाको ज्यान गयो

6 years अगाडी

सिरहा – सिराहामा हात्तीकाे आक्रमणमा एक बृद्धाकाे ज्यान गएको छ । गोलबजार नगरपालीका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको शुक्रवार राति हात्तीले किच्दा ज्यान गएको हो ।

छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडी परेको हात्तीले आक्रमण गर्दा मगरकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख निरीक्षक नविन घिमिरेले जानकारी दिनुभयो ।

महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले बताएको छ । अरहामा ऐतु लामाको र भुल्केमा अन्ते लामाको घर हात्तीले भत्काएकाे हाे ।

          May 18, 2019 10:48 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...