सिराहामा हात्तीले आक्रमण गर्दा बृद्धाको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
सिरहा – सिराहामा हात्तीकाे आक्रमणमा एक बृद्धाकाे ज्यान गएको छ । गोलबजार नगरपालीका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको शुक्रवार राति हात्तीले किच्दा ज्यान गएको हो ।
छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडी परेको हात्तीले आक्रमण गर्दा मगरकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख निरीक्षक नविन घिमिरेले जानकारी दिनुभयो ।
महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले बताएको छ । अरहामा ऐतु लामाको र भुल्केमा अन्ते लामाको घर हात्तीले भत्काएकाे हाे ।
May 18, 2019 10:48 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...