यस्ता छन् आईसीसी विश्वकप खेल्न लागेका ५ युवा खेलाडी
काठमाण्डाै – हरेक खेलाडीको इच्छा हुन्छकी खेल जीवनमा आफूले खेल्ने खेलको विश्वकप खेल्ने । यसमा कोही यस्ता भाग्यमानी खेलाडीहरु हुन्छन् जसले सानै उमेरमा पनि विश्वकप खेल्ने मौका पाउँछन् । ३० मेबाट इंग्ल्याण्डमा सुरु हुन लागेको आईसीसी विश्वकप क्रिकेट खेल्ने पाँच युवा खेलाडीहरुको चर्चा गरौं ।
शदाब खान (पाकिस्तान)

पाकिस्तानी टिममा अलराउण्डरका रुपमा शदाब खानले २०१७ मा डेब्यू गरेका थिए । त्यसयता उनले ३४ एकदिवसीय क्रिकेटमा २९४ रन बनाएका छन् । साथै उनले ४७ विकेट पनि हात पारिसकेका छन् ।
इकरम अली (अफगानिस्तान)

अफगानिस्तानका युवा खेलाडी हुन् इकरम अली । यसै वर्षको मार्च २ मा एकदिवसीय क्रिकेटमा डेव्यु गरेका अली आईसीसी विश्वकप खेल्न पाउने भाग्यमानी युवा खेलाडी हुन् । अहिलेसम्म जम्मा २ एकदिवसीय खेलका अलिले ६ रन मात्रै बनाएका छन् । तर घरेलु लिगमा भने उनले ११ खेलमा ४७४ रन बनाएका छन् ।
शाहीन शाह अफ्रिदी (पाकिस्तान)

पाकिस्तानी टिमका तीव्र गतिका युवा खेलाडी हुन् शाहीन शाह अफ्रिदी । उनले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । अफ्रिदीले अहिलेसम्म १३ खेलमा २० विकेट लिएका छन् ।
मुजीब उर रहमान (अफगानिस्तान)

अफगानिस्तानका मिस्ट्री स्पिनरका नामले उनी परिचित छन् । सानै उमेरमा नै उनको बलिङले धेरैलाई हैरान पारि सकेकाे छ । २८ एकदिवसीय क्रिकेटमा उनले ३.७ को औसतले ५१ बिकेट लिइसकेका छन् ।
मोहम्मद हुसैन (पाकिस्तान)
मोहम्मद हुसैन पनि तीव्र गतिको बलरका रुपमा पाकिस्तानी टिममा रहेका छन् । उनले पनि यसै वर्षको मार्चमा डेव्यु गरेका थिए । उनले ३ खेलबाट २ विकेट लिएका छन् ।
May 18, 2019 10:52 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी