रवि लामिछानेको विवाहमा को को पुगे ? ( भिडियो हेर्नुहोस )
चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अलातली विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगर कोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्। विवाहको कार्यक्रम गोप्य राखिएको छ।चर्चित संचारकर्मीसमेत रहेका रविले न्युज २४ कार्यक्रममा सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय छ।
उक्त कार्यक्रममार्फत रविले ठूला समस्याको समाधान गर्नसमेत सहयोग गरेका छन्। रविले चलचित्रकर्मी उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग दोस्रो विवाह गर्न लागेका हुन्। निकिता यसअघि चलचित्र विकास बोर्डकी अध्यक्ष थिइन्।गत माघ सात गते रवि र निकिताले अदालती विवाह गरेका थिए। अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक पेजमा ‘जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार, आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए। उनले लेखेका थिए, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन।
तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजवीन चल्यो त्यसले हामीलाई एक अर्काको खाँचो पर्यो।’अदालती विवाह गरेपछि रविले लेखेका थिए, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा आलोचना, सुुझाव, ब्याख्यामा हामी अटाउन सकेनौं भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाइ र तपाइँको सोचाइ नमिल्न सक्छ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौं। र, हामी सबैबाट हाम्रो सखद दाम्पत्य जीवनकोलागि शुभकामनाखद दाम्पत्य जीवनकोलागि शुभकामना मात्र चाहन्छौं।’
May 18, 2019 11:13 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता