

आफ्नो श्रीमती अञ्जनाको विभत्स हत्यापछि श्रीमान प्रज्वलले लेखे फेसबुकमा यस्तो

जेठाजु द्वारा हत्या गरिएकी अन्जना लामा महतका श्रीमान प्रज्वल महत पहिलो पटक मिडिया सामु आएका छन । आफ्नै दाजु उज्वल महतले आफ्नी श्रीमति अन्जनाको हत्या गरेको प्रहरी सामु स्विकार गरिसकेको भए पनि अन्जनाको हत्या नै गर्नु पर्ने कारण के थियो भन्ने बारे हत्याराकै मुखबाट एक पटक आफुले प्रत्यक्ष सुन्न चाहेको पनि बताएका छन ।हत्यारा उज्वल मानसिक रुपमा बिछिप्त र असन्तुलित भएको आफुले कहिलै नदेखेको भन्दै उनले मानसिक सन्तुलन ठिक नभएको मानिसले हत्या गरेपछी आफू असुरक्षित भएको महसुस गर्न नसक्ने भन्दै हत्या गरेर प्रहरी बोलाइमाग्नुले हत्या नियोजित भएको र यस्मा अरु कोहि सम्लग्न भए अनुसन्धान गरेर तिनिहरुलाइ पनि कार्बाही गरिनु पर्ने बताएका छन । अन्तरजातिय बिबाह गरेको प्रती परिवारमा कुनै बिबाद वा असन्तुष्ट नरहेको र झगडा समेत केही नरहेको अवस्थामा यो हत्या किन भयो भन्ने विषयमा आफू आश्चर्य चकित भएको बताएका छन ।
हत्यारा उज्वल घुसघुसे र कप्टी स्वभाव भएको मानिस भएको भन्दै अन्जना र आफ्नो मेहनत र प्रगती को कुरा सग जलन भएर पनि यस्तो गरेको हुन सक्ने आसङ्का ब्यक्त गरेका छन । चाडै नै अन्जना र आफू क्यानडा जाने तयारी गरिरहेको ,र पारिवारिक सुखको चाहना राखेर सजाएका सपना सबै हत्याराले चकनाचुर बनाइदिएको भन्दै हत्यारालाई हदै सम्मको कार्बाही हुनु पर्ने माग गरेका छन भने हत्याराले बयानमा के भन्यो भन्ने बारे आफुलाइ प्रहरीले कुनै कुरा नभनेको भन्दै प्रज्वल ले आफ्नी श्रीमती अन्जनाको हत्या को कारण हत्यारा उज्वलको मुखबाटै एकपटक प्रत्यक्ष सुन्न चाहेको समेत बताएका छन ।
ललितपुर महानगर पालिका वार्ड न २६ मा आफ्नै बुहारी अन्जना लामा महत को जेठाजु उज्वल महतले बीभत्स हत्या गरेपछी महत परिवारमा उत्पन्न भएको उक्त घट्ना किन र के कारण ले गरियो भन्ने कुराको कारण भने अझै पत्ता लागिसकेको छैन । प्रज्वल महतले घटना पछी सामाजिक संजाल फेसबुकमा पहिलो पटक आफ्नो मौनता पनि तोडेका छन । उनले लेखेको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस :
”केही दिन अगाडी भएको अप्रत्याशित घटनाले मेरो जीवनमा ठुलो भुँइच्यालो ल्याएको छ र म पूरै स्तब्ध छु। मैले सामाजिक संजालहरु हेर्न पनि सकेको छैन। सबैमा उही एउटै कुरा मात्र थियो र मिडियाहरुलाई पनि म अनुरोध गर्छुकी जथाभावी समाचार नबनाउनु होला, सत्य तथ्य मात्रै बुझेर लेख्नु होला। यो सबै घटनाको अनुसन्धान भैरहेको छ र दोषी माथी कारवाही पनि हुन्छ र अपराधीलाई कडा भन्दा कडा सजाय होस् पनि भन्छु । केही गरि यसमा कसैको मिलेमत्तो छ भने त्यसमा पनि कारवाही हुन्छ । त्यसैले सबै जना आफैँ न्यायाधीश नबन्नु होला । अहिले हामी यस्तो दुखको घडीमा छौँ । म लगायत मेरो परिवार र मेरो ससुराली परिवार पनि।मेरो बुढीको आत्माले स्वर्गमा बास पाओस् साथै न्याय पनि ,धेरै माया र तिमीलाई जहिले पनि माया गरिरहनेछु बुढी”
May 18, 2019 11:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

