Saturday 16th August 2025

अष्ट्रेलियमा आम चुनाव : मतदान नगर्ने नागरिकलाई २० डलर जरिबाना

6 years अगाडी

अष्ट्रेलियमा आज शनिबार आम चुनावको लागि मतदान भइरहेकाे छ । सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा कम मतदान भएको छैन । सन् १९९४ मा यो प्रतिशत बढेर ९६ दशमलव २२ प्रतिशत पुगेकाे थियाे । सरकारका अनुसार, मतदानलाई अनिवार्य गराउँदा मानिसहरु राजनीति र सरकारको कार्यमा रुचि लिन्छन् ।

अष्ट्रेलियामा १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न सक्छन् । तर मतदान नगर्ने नागरिकसँग सरकारले जवाफ माग्ने गर्दछ । सन्तोषजनक जवाफ र उचित कारण भएन भने २० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्छ ।अष्ट्रेलियामा प्रत्येक तीन वर्षमा आम चुनाव हुँदै आएको छ । सरकार पनि मतदान बढाउन मतदाताहरुको सुविधामा ध्यान पुर्‍याउँदै आइरहेको छ । अहिलेसम्म २३ देशमा मतदान अनिवार्य छ ।

          May 18, 2019 12:52 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...