

बुढीगंगाका ऋषिदेवहरूले कल गाडेर पानी खान थाले

विराटनगर,प्रहरीले कारवाही गर्ने चेतावनी दिएपछि मोरङ बुढीगंगा गाउँपालिका–२ सख्मा टोलका ऋषिदेवहरुले कलको पानी खान थालेका छन् ।केटाकेटी भागेको निहुँमा केटी पक्षले ऋषिदेव समुदायलाई पानी खान बाधा हालेको समाचार सार्वजनिक भएपछि मोरङ प्रहरीले चासो दिएर कारवाही गर्ने चेतावनी दिएपछि ऋषिदेव परिवारले आफैँले कल गाडेर पानी खान थालेका हुन् । प्रेम सम्बन्धमा रहेका मुसहर केटा र थापामगर थरकी केटी भागेको विषयमा केटीका आफन्तहरुले ऋषिदेवहरुले पानी खाँदै गरेको सार्वजनिक कल भत्काई दिएका थिए । त्यसपछि पानी खान ऋषिदेवहरुले आफैँ गाडेको चापाकल पनि भाँचिदिएका थिए ।
बुढींगगाका ऋषिदेवहरूमाथि अत्याचार प्रकरण : पानी खान दिन र कल भत्काउनेलाई कारवाही गर्न एसपीको चासो
कल भाँचेपछि संख्मा टोलमा रहेका पाँच घर परिवारका २० जना मानिशले २० दिनदेखि पानी खान समस्या भोगिरहेका थिए । समाचार सार्वजनिक भएपछि मोरङका एसपी मनोज केसीले ३१ वैशाखमा केटाकेटी भागेको र पानी खान नदिएको विषय अलग अलग हो भन्दै कल भाँच्ने पत्ता लगाएर कारवाही गर्न र कल गाडेर पानी खान कुनै अवरोध नगर्न र गरेमा कानूनी कारवाही गर्ने केटी पक्षलाई चेतावनी दिएका थिए ।
प्रहरीको निर्देशनपछि ऋषिदेवहरुले बिहीबार कल गाडेर पानी खान थालेको स्थानीय अगुवा पूर्वसांसद बाबुलाल पासवानले बताए । मोरङ बुढीगंगा गाउँपालिका २ सख्मा टोलका २२ वर्षे शनि ऋषिदेवले सोही ठाउँकी थापामगर थरकी अन्दाजी १८ वर्षीया युवतीलाई १८ चैतमा भगाएर लगेको केटी पक्षको दाबी छ ।उनीहरुले आफ्नो चेलीलाई भगाएर भारतमा लगेर बिक्री गरेको हुनसक्ने आरोप लगाएका छन् । सोही निहुँमा केटीका आफन्तहरुले केटाका आफन्तलाई गालीगलौज र आक्रमण गर्दै कल भत्काएर पानी खानसमेत अवरोध पुर्याएका थिए । केटी पक्षको त्रासले घर छाडेर हिँडेका केटाका बाबु–आमा चाँही अझै घर फर्केका छैनन् ।
May 18, 2019 1:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

