

मिडिया काउन्सील विधेयक संसदबाट पास हुन दिन्नौं : देउवा

४ जेठ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने बताएका छन् । नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको भनाइ थियो ।
शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’सभापति देउवाले पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने बताए ।
अर्को एक प्रसंगमा देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिङ्को समेत भाँच्न नसकेको टिप्पणी गरे ।देउवाले भने, ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिङ्को समेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’कांग्रेसको नेतृत्व तहले तत्काल महाधिवेशन बोलाउन माग गरिरहेको समयमा सभापति देउवाले भने समय आएपछि हुने बताए ।
May 18, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

