मकाउबासी नेपालीहरुले भब्यताका साथ मनाए 2563औ बुद्ध जयन्ती
यहि May 18 तारीख़ का दिन मकाउको पाकाचाओ(pacachao) स्थित बुद्ध बिहारमा तामाङ घेदुङ संघ मकाउ,गुरुङ (तमु) समाज मकाउ र शेर्पा समाज मकाउको संयुक्त आयोजनामा संसारलाई महा ज्ञानको उपदेश दिनुहुने शान्तिका अग्र दुत भगवान गौतम बुद्धको 2563औ जन्म जयन्ति भब्यताका साथ मनाएको छ।
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद मकाउकी अध्यक्ष शान्ति देवी अधिकारी ज्युको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सुरुवात भने तामाङ घेदुङ संघ मकाउका अध्यक्ष, गुरुंग (तमु)समाज मकाउका अध्यक्ष र शेर्पा समाज मकाउका अध्यक्ष क्रमश: हेम लो तामाङ,रामेन्द्र गुरुङ र ङवाङ ग्याल्जे शेर्पा ज्युले सामूहिक रुपमा बुद्धको प्रतिमा अगाडी धूप बालेर गर्नुभएको थियो।
बिश्वमा स्थायी शान्ति कायम होस र हत्या हिंसा जस्ता कुराहरुको अन्तय होस भन्ने मनोकामनाका साथ आयोजना भएको उक्त कार्यक्रममा नेपाली जन सम्पर्क समिति मकाउका अध्यक्ष लेख बहादुर गुरुङ ज्यु,नेपाली समाज मकाउका अध्यक्ष दोर्जे लामा ज्यु लगायत थुप्रै नेपाली दाजुभाई तथा दिदिबहिनीहकुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजकहरुले सहाभागी सम्पुर्णलाई फलफुल तथा प्रसाद बितरन गरेका थिए भने लगभग १ घण्टा सम्मा भएको उक्त कार्यक्रमको सन्चालन भने गुरुंग (तमु) समाज मकाउका अध्यक्ष रामेन्द्र गुरुङ ज्यु ले गर्नु भएको थियो ।
समाचार संप्रेषण :वीरेन वाईबा(सचिव -ने. ता. घे मकाउ)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन