श्रीमानले टुप्पी राखेपछि श्रीमतीले दिइन् डिभोर्स, श्रीमानले भने–‘बरू डिभोर्स दिन्छु’
काठमाडौं। ब्राह्मण समुदायमा टुप्पीको छुट्टै महत्व हुन्छ । पछिल्लो समय टुप्पी राख्ने प्रचलन हराउँदै गए पनि केही ब्राह्मणहरु भने टुप्पी राख्छन् । यस्तै टुप्पी राख्ने एक ब्राह्मण युवकको लागि त्यही टुप्पी समस्याको कारण बनेको छ । टुप्पीकै कारण उनको वैवाहिक जीवन समाप्त हुन लागेको छ । उनकी श्रीमतीले श्रीमानले टुप्पी राखेको भन्दै अदालतमा डिभोर्सको निवेदन दिएकी छिन् । श्रीमतीले टुप्पी राख्दा श्रीमान पाखे देखिएको दावी गरेकी छिन् । उनले आफ्ना माइतीले श्रीमानको खिल्ली उडाउने गरेको र आफू अपमानित हुनुपरेको बताएकी छिन् ।
अर्कोतर्फ श्रीमान भने टुप्पी काट्न तयार छैनन् । उनले टुप्पी राख्ने भाकल गरेको भन्दै टुप्पी उनको मृत्युपर्यन्त नकाटिने बताएका छन् । श्रीमानले आफू डिभोर्स दिन तयार रहेको तर टुप्पी नकाट्ने अडान लिएका छन् । भारतको भोपालको पारिवारिक अदालतमा परेको यो मुद्दालाई अहिले काउन्सिलिङमा राखिएको भारतीइ दैनिक भास्करले लेखेको छ । भोपालको अरेरा कोलोनी निवासी एक महिलाले विवाहको ३ वर्षपछि डिभोर्सको निवेदन दिएको बताइएको छ । काउन्सिलिङको क्रममा उनीहरुबीच विवादको कारण टुप्पी भएको थाहा भएको थियो
श्रीमतीले टुप्पी राखेर श्रीमान पाखे देखिएको र आफ्नो स्तरको नभएको बताएकी छिन् । ती श्रीमान सिभिल इन्जिनियर हुन् र श्रमितीले एमबीए पास गरेकी छिन् । काउन्सिलर सरिता राजानीका अनुसार यी दुईको विवाह २ फेब्रुअरी २०१६ मा भएको थियो । विवाहपछि सम्बन्ध सामान्य नै थियो । विवाहको २ वर्षपछि गतवर्ष युवकका मातापिताको सडक दुर्घटनामा ज्यान गयो । काजक्रिया गर्दा उनले टुप्पी राखे । तर, पछि कपाल काट्दा पनि श्रीमानले टुप्पी नकाटेपछि महिलाले उनलाई टुप्पी काट्न दबाब दिन थालिन् । तर, श्रीमानले उनको कुरा नमानेपछि झगडा सुरु भयो ।
May 18, 2019 6:58 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी