श्रीमानले टुप्पी राखेपछि श्रीमतीले दिइन् डिभोर्स, श्रीमानले भने–‘बरू डिभोर्स दिन्छु’
काठमाडौं। ब्राह्मण समुदायमा टुप्पीको छुट्टै महत्व हुन्छ । पछिल्लो समय टुप्पी राख्ने प्रचलन हराउँदै गए पनि केही ब्राह्मणहरु भने टुप्पी राख्छन् । यस्तै टुप्पी राख्ने एक ब्राह्मण युवकको लागि त्यही टुप्पी समस्याको कारण बनेको छ । टुप्पीकै कारण उनको वैवाहिक जीवन समाप्त हुन लागेको छ । उनकी श्रीमतीले श्रीमानले टुप्पी राखेको भन्दै अदालतमा डिभोर्सको निवेदन दिएकी छिन् । श्रीमतीले टुप्पी राख्दा श्रीमान पाखे देखिएको दावी गरेकी छिन् । उनले आफ्ना माइतीले श्रीमानको खिल्ली उडाउने गरेको र आफू अपमानित हुनुपरेको बताएकी छिन् ।
अर्कोतर्फ श्रीमान भने टुप्पी काट्न तयार छैनन् । उनले टुप्पी राख्ने भाकल गरेको भन्दै टुप्पी उनको मृत्युपर्यन्त नकाटिने बताएका छन् । श्रीमानले आफू डिभोर्स दिन तयार रहेको तर टुप्पी नकाट्ने अडान लिएका छन् । भारतको भोपालको पारिवारिक अदालतमा परेको यो मुद्दालाई अहिले काउन्सिलिङमा राखिएको भारतीइ दैनिक भास्करले लेखेको छ । भोपालको अरेरा कोलोनी निवासी एक महिलाले विवाहको ३ वर्षपछि डिभोर्सको निवेदन दिएको बताइएको छ । काउन्सिलिङको क्रममा उनीहरुबीच विवादको कारण टुप्पी भएको थाहा भएको थियो
श्रीमतीले टुप्पी राखेर श्रीमान पाखे देखिएको र आफ्नो स्तरको नभएको बताएकी छिन् । ती श्रीमान सिभिल इन्जिनियर हुन् र श्रमितीले एमबीए पास गरेकी छिन् । काउन्सिलर सरिता राजानीका अनुसार यी दुईको विवाह २ फेब्रुअरी २०१६ मा भएको थियो । विवाहपछि सम्बन्ध सामान्य नै थियो । विवाहको २ वर्षपछि गतवर्ष युवकका मातापिताको सडक दुर्घटनामा ज्यान गयो । काजक्रिया गर्दा उनले टुप्पी राखे । तर, पछि कपाल काट्दा पनि श्रीमानले टुप्पी नकाटेपछि महिलाले उनलाई टुप्पी काट्न दबाब दिन थालिन् । तर, श्रीमानले उनको कुरा नमानेपछि झगडा सुरु भयो ।
May 18, 2019 6:58 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग