

मंगलसेन नगरपालिकाको गाडी जलाउने २ जना पक्राउ

अछाम – मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा अछाम मंगलसेन नगरपालिका वडा नम्बर १ का २ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गाडीमा आगजनी गर्ने मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र यही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।
सदरमुकाम मंगलसेनमै गाडीमा आगजनी भएपछि स्थानीयमा त्रास फैलिएको थियो । प्रहरीले अनुसन्धान गरी अभियुक्त सार्वजनिक गरेपछि प्रहरीप्रति स्थानीयको भरोसा बढेको छ । पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएको र उनीहरुको खोजिका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
नगरपालिकाले पनि ५ सदस्यीय छानविन समिति बनाएर यो घटनाको अनुसन्धान गरिरहेको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।नगरपालिकाको गाडीमा गएको वैशाख ३१ गते राति सवा २ बजे आगजनी गरिएको थियो । यो गाडी नगरपालिकाले गएको वर्ष १ करोड २० लाख लागतमा खरिद गरेको थियो ।
May 19, 2019 9:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

