मंगलसेन नगरपालिकाको गाडी जलाउने २ जना पक्राउ
अछाम – मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा अछाम मंगलसेन नगरपालिका वडा नम्बर १ का २ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गाडीमा आगजनी गर्ने मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र यही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।
सदरमुकाम मंगलसेनमै गाडीमा आगजनी भएपछि स्थानीयमा त्रास फैलिएको थियो । प्रहरीले अनुसन्धान गरी अभियुक्त सार्वजनिक गरेपछि प्रहरीप्रति स्थानीयको भरोसा बढेको छ । पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएको र उनीहरुको खोजिका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
नगरपालिकाले पनि ५ सदस्यीय छानविन समिति बनाएर यो घटनाको अनुसन्धान गरिरहेको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।नगरपालिकाको गाडीमा गएको वैशाख ३१ गते राति सवा २ बजे आगजनी गरिएको थियो । यो गाडी नगरपालिकाले गएको वर्ष १ करोड २० लाख लागतमा खरिद गरेको थियो ।
May 19, 2019 9:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन