विश्वकपका लागि पाकिस्तान टिममा फेरबदल, आमिरको पुनरागमन
एजेन्सी, पाकिस्तानले आगामी मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो टोलीमा फेरबदल गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनुभन्दा १० दिनअघि आफ्नो टोलीमा फेरबदल गरेको हो ।
उसले पाकिस्तानले गत वैशाख ५ गते सार्वजनिक गरेको १५ सदस्सीय टोलीमा ३ खेलाडी परिवर्तन गरिएको हो । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर गत वैशाख ६ मा घोषणा गरेको टोलीमा परेका थिएनन् । हाल इङ्ल्याण्डमा रहेका आमिरको ठ्याउला निको भएको कारण टिममा राखिएको हो ।
आमिरसँगै आसिफ अलि र वाहब रियाजले पाकिस्तानी टोलीमा स्थान बनाएका छन् । उनीहरूले अबिद अलि, फहीम आश्रफ र जुनिद खानलाई स्थानान्तरण गर्दै टोलीमा स्थान बनाएका हुन् । पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।
पाकिस्तानको नयाँ टोलीमा कप्तान सर्फराज अहमेदसँगै मोहमद आमिर, बाबर आजम, हसन अली, इमाद वासिम, आसिफ अलि, फखर जमान, हरिस सोहिल र इमाम उल रहेका छन् । यस्तै वाहब रियाज, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी र शोयब मल्लिक टोलीमा अटाएका छन् ।
May 20, 2019 2:36 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी