राष्ट्र बैंकले भन्यो : एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाही हुन्छ
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेकोसम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र त्यस्ता एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।
उक्त अवधिभित्र एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाइएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुनेव्यहोरा समेत सूचित गरिन्छ ।’
May 20, 2019 3:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन