पाँचथरमा दुई परिवारका नाै जनाकाे बीभत्स हत्या
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा नाै जनाकाे बीभत्स हत्या भएकाे छ । गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएकाे हाे ।
स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाककाे परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएकाे प्रहरीले जनाएको छ ।
बम र धन ज्वाइँ ससुरा हुन् । बमकाे घरका ४ जना र धनकाे घरका ५ जनाकाे बीभत्स अवस्थामा शव भेटिएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । माखिम घटना स्थल पुगिसकेको छन् । उनका अनुसार दुई परिवारकाे शव धारिलाे हतियार प्रहार गरिएकाे अवस्थामा छ ।
बमबहादुरकाे शव घर बाहिर भेटिएको थियाे भने उनकाे परिवारका ३ जनाकाे शव घर भित्र भेटिएको छ । ज्वाइँकाे घरमा ५ जनाकाे शव घर भित्र बिभत्स अवस्थामा छ ।अध्यक्ष माखिमका अनुसार ज्वाइँ ससुराकाे घर करिब २ किलोमिटरकाे अन्तरमा छ ।बम बहादुरकाे परिवारका एक बालिका घाइते छिन् । उनलाई उपचारकालागि पठाइएकाे छ ।
प्रहरीका अनुसार ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।त्यसैगरी ७४ वर्षीय वमबहादुर फियाक, नाम नखुलेकी उनकी श्रीमती, जस्मिता र मनकुमारीकाे हत्या भएको हाे ।१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । प्रहरीका अनुसार, उनी गम्भीर घाइते छिन् । घटना मध्यरातमा भएकाले स्थानीयवासीले बिहान मात्रै थाहा पाएकाेे बताइएकाे छ ।
May 21, 2019 10:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग