Saturday 16th August 2025

संसार रुवाउँने अर्को दर्दनाक घटना : शारीरिक रुपमा अशक्त ६५ वर्षीया वृद्धा बलात्कृत !

6 years अगाडी

झापा । पछिल्ला दिनहरुमा नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यो बिचमा झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार दमक ५ का ३५ वर्षीय राजेन्द्र गुरुङलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको निर्देशनमा वृद्धालाइ दमक अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

शरीरभरी नीलडाम र मुखमा रक्ताम्मे भएको अवस्थामा उद्धार गरिएकाले वृद्धामा दुखाई भएको हुनसक्ने भन्दै अस्पतालमै राख्न आफूले निर्देशन दिएको अधिकारीले बताइन् । वृद्धाका आफन्त कोही नभेटिएकाले ग्रामीण तथा शहरी विकास नेपालले नै आरोपितविरुद्ध जाहेरी दिएको जनाईएको छ । प्रहरीका अनुसार आरोपितलाई मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाइएको छ ।

          May 21, 2019 4:53 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...