संसार रुवाउँने अर्को दर्दनाक घटना : शारीरिक रुपमा अशक्त ६५ वर्षीया वृद्धा बलात्कृत !
झापा । पछिल्ला दिनहरुमा नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यो बिचमा झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार दमक ५ का ३५ वर्षीय राजेन्द्र गुरुङलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको निर्देशनमा वृद्धालाइ दमक अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
शरीरभरी नीलडाम र मुखमा रक्ताम्मे भएको अवस्थामा उद्धार गरिएकाले वृद्धामा दुखाई भएको हुनसक्ने भन्दै अस्पतालमै राख्न आफूले निर्देशन दिएको अधिकारीले बताइन् । वृद्धाका आफन्त कोही नभेटिएकाले ग्रामीण तथा शहरी विकास नेपालले नै आरोपितविरुद्ध जाहेरी दिएको जनाईएको छ । प्रहरीका अनुसार आरोपितलाई मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाइएको छ ।
May 21, 2019 4:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन