

यो हो एक अचम्मको मन्दिर, जहाँ सोह्र शृंगार नगरेको पुरुषलाई प्रवेश निषेध गरिन्छ, यसको महिमा र खास बिशेषता यस्तो रहेछ !

हामीले महिला र दलितलाई मन्दिर प्रवेश गर्न नदिइने गरेको सुन्दै आइरहेका छौं र हामी त्यसलाई सामान्य रुपमा लिने गरेका पनि छौं । तर केरलामा एक यस्तो अचम्मको मन्दिर छ जहाँ पुरुषलाई महिलाको भेषधारी १६ शृंगार नगरी मन्दिर भित्र प्रवेश गर्न मनाही गरिएको छ ।केरलाको कोल्लम जिल्ला स्थित ‘कोट्टनकुलंगरा श्रीदेवी’ नामक मन्दिरमा पुरुषलाई महिलाको भेषमा १६ शृंगार नगरी प्रवेश गर्न दिईदैन । यहाँसम्म कि एक दुई शृंगार गर्नेलाई पनि प्रबेश दिइदैन जसमा १६ शृंगार नै गर्नु पर्ने नियम रहेको छ ।
यस मन्दिरमा देवीको पुजा आराधना गर्नका लागि बर्षौंदेखि यो नियम चलि आएको छ । यस मन्दिरमा हरेक बर्ष ‘चाम्याविलक्कू’ पर्वको आयोजना गर्ने गरिएको छ । यस दिन हजारौं संख्यामा पुरुषहरु १६ शृंगार गरि मन्दिरमा जाने गरेका छन । जुन मन्दिरमा पुरूषका लागि उचित मेकअप रुमको पनि व्यवस्था गरिएको छ । यस मन्दिरको प्रचलित नीति नियम अनुसार पुजा आराधना गर्नाले राम्रो जागिर र राम्रो पत्नी मिल्ने मान्यता रहेको छ । जसले गर्दा नै पुरुषहरु ठुलो संख्यामा महिलाको भेषमा यस स्थानमा पुग्ने गरेका छन ।
मान्यता अनुसार यस मन्दिरको मुर्ति स्वयम उत्पति भएको हो । यो केरला प्रान्तको एक मात्र यस्तो मन्दिर हो जसको गर्भगृहको माथि कुनै पनि छत रहेको छैन । प्राचिन समयमा गोठालाहरुले यस मन्दिरमा महिलाले जस्तै भेष गरि पत्थरमा फुल अर्पित गर्ने गरेका थिए । यस पश्चात उक्तढुंगाबाट बिस्तारै शक्ति उत्पन्न भएकाले यस स्थानलाई मन्दिरको रुपमा परिवर्तन गरिएको हो ।यस मन्दिरको अर्को बिशेषता भनेको हरेक बर्ष मन्दिरको देवीको मुर्ति केहि इन्च बढ्ने मान्यता रहेको छ ।
May 21, 2019 5:13 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

