छातीमै ‘म बहुला’ लेखेर हिड्ने यी व्यक्ति भन्छन, ‘असारसम्म मेलम्ची नआए भिख मागेरै काठमाडौँमा पानी ल्याउनेछु’ (भिडियो)
भक्तपुर – पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षपुग्दा पनि पुरा हुन् नसके ललितपुरको जावलाखेलका स्थायी वासिन्दा श्याम ज्यापु ‘म बहुला हुँ मेरो घरको यस धारामा मेलम्चीको पानी कहिले आउँछ रु’ भनि लेखिएको ब्यानर आफ्नो छातीमा बोकेर हिडिरहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री हुन् । उनले मन्त्री भएलगत्तै २०७५ सालको दशैंअघि नै काठमाडौंमा मेलम्चीको पानी आउने भाषण गरे पनि आजसम्म आइपुगको छैन। उनले सरकारले पानी ल्याउने प्रतिबद्दतामा आफुलाई विश्वास नभएको बताए।
बि।स २०५५ साल देखि शुरु भएको आयोजनामा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दा पनि सबैले सत्ता पुगेपछि मेलम्चीको पानी काठमाडौँमा आउछ भनेर आश्वासन मात्र दिइरहेको तर आयोजनाको काम अझै अनिश्चित पार्दै गएकोमा उनले आक्रोश पोखेका छन् । उनले सरकार र मन्त्रीले २०७५ सालको दशैं अगाडि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याइसक्ने बताएपनि हालसम्म आयोजनाको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाएका छन् ।
ठेकेदार कम्पनी र सरकारबीच बेला–बेला उत्पन्न समस्याले आफूजस्ता लाखौ जनता पीडा बोकेर हिँड्नुपरेको । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सीएमसीसँगको विषयले सरकारले काम नभएको कारण देखाउँदै आफूहरूको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप छ । उनले आउने असारसम्ममा पनि मेलम्चीको पानी नआए आफै उपत्यकामा पानीको समस्या हटाउन एक्लैले अभियान थालनी गर्ने बताएका छन् । उनी भन्छन, ‘म सर्वसाधारणसँग भिख मागेर काठमाडौँमा पानी ल्याउनेछु।’हेर्नुहोस भिडियो
May 21, 2019 5:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग