Saturday 7th March 2026

आज साताकै सस्तो छ सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज बुधबार सुनको भाउ साताकै सबैभन्दा सस्तो भएको छ। हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर ५९ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आईतबार सुनको भाउ ६० हजार ७ सय रुपैयाँ रहेको थियो।

आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७०५ रुपैयाँ रहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          May 22, 2019 11:25 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...