असावधानीकोे विभत्स रुप : यी निर्दोश बालक खेल्दा-खेल्दै मिलमा छिरेर गयो ज्यान
काठमाडौ । हामी सावधानी अपनाउँदैनौँ । यही कारण निर्देशहरुको ज्यान गइरहेको छ । कैलालीको लम्कीमा कोईला मिलमा परेर एक बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा रहेको कोईला मिलमा परी सोही स्थानका ४ वर्षीय बालक आयुष कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार धर्मा वैकल्पिक उर्जा उद्योगमा आईतबार साझ भुसामा खेलिरहेको अवस्थामा मिल चलेपछि पाईपले भुसासंगै बालक पनि तानेको थियो। उनको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
यसैबीच सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर ८ वेलीको जंगलमा से १ त २३६४ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा चालक धनगढी ४ का ३१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट फुलबार जादै गरेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा निर्सग अस्पतालमा मृत्यु भएको हो।
May 22, 2019 11:38 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत