संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जाममा पर्दा यात्रु आनन्दित
द सन डट को डट युके – फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् ।
रेप्रिजेन्टेटिभ बनिसकेकी छिन् जोयेसः जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनी एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् । तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सी ड्राइभरको पेशालाई अंगालेको उनले बताइन् । आफू ड्रेसमेकिङसमेत पनि पढिरहेको उनले जानकारी दिइन् ।
पुरुषको बर्चस्व रहेको यो क्षेत्रमा महिला ट्याक्सी ड्राइभर देख्दा यात्रु प्रभावित भएर उनीसँग फोटो खिच्ने गरेको र त्यसलाई सोसल मिडियामा राख्ने भएकाले उनको फोटो भाइरल भएको बताइएको छ ।उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर बताइएको छ । १२ घण्टा काम गर्ने जोइस बताउँछिन्, ‘यात्रुहरुले धेरैजसो ट्याक्सी ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् । मलाई देखेपछि उनीहरु छक्क पर्छन् ।’‘मलाई यात्रुहरुले जति ध्यान दिनुहुन्छ त्यति मनपर्छ, उहाँहरुले मन पराएको महसुस गर्न रमाइलो लाग्छ । यात्रुहरुसँग फोटो खिचाउन मलाई अत्यधिक खुसी लाग्छ भने उनीहरुको प्रशंसा सुनिरहन मनलाग्छ,’ उनले भनिन् ।
‘धेरैजनाले मेरो नम्बर पनि माग्नुहुन्छ । यस्तो अवस्थामा म कुरालाई हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबिच निकै कडा नियम तोकिएको छ,’ उनी भन्छिन् ।उनका पुरुष साथीहरुले उनलाई यो पेशा अंगाल्न सुझाएको जानकारी दिँदै आफूले ‘साथीहरुको कमाई’ सँग प्रभावित भएर यस्तो गरिरहेको बताइन् ।मनिलाको बोनिफासियो ग्लोबल सिटीको वरिपरि काम गर्ने जोयेसले आफ्नो रुटको नजिक भएका यात्रुलाई यात्रा गराउने जानकारी दिइन् ।
May 22, 2019 12:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग