Saturday 16th August 2025

प्रहरीलाई छक्याएर भागे १६ वर्षे अभियुक्त

6 years अगाडी

८ जेठ, काठमाडौं । बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएका किशोर फरार भएका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका हुन् ।

वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले श्रेष्ठ वीर हस्पिटलबाट किशोर फरार भएको पुष्टि गरे ।उनले भने, ‘मेडिकल जाँच गर्न जाँदा हस्पिटलबाटै फरार भएको कुरा आएको छ । हामी खोजीमा जुटेका छौं ।’

प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप पनि भएको छैन । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ । म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो ।यो घटनामा पनि पीडित नाबालिका छिन् । परिवारले उनीहरुलाई एक होटलमा भेट्टाएपछि प्रहरीको जिम्मा लगाएका थिए ।

          May 22, 2019 1:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...