

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
6 years अगाडी
Susma Dhakal

काठमाण्डौ – तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
May 23, 2019 11:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा
Loading...

