

मोदीको ‘भव्य स्वागत’ को लागि पार्टीमा दुई लाख पार्टी कार्यकर्तालाई दिल्ली निमन्त्रणा

एजेन्सी । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ ।भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागिएको हो ।
भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन आह्वान गरिसकेको छ । प्रधानमन्त्री मोदीले यस अघि नै उनको पार्टीले ऐतिहासिक रुपमा दोस्रो पटक चुनाव जित्ने बताइ सकेका छन् ।मत सर्वेक्षणले विपक्षी कंग्रेस र उसको गठबन्धन(युपिए)ले १२२ सिट जित्ने देखाएको छ भने मोदी नेतृत्वको एनडीए गठबन्धनले ३०० बढी मत पाउने देखाएको छ ।
भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटमा निर्वाचन सम्पन्न भयो । भारतमा सरकार बनाउनको लागि कुनै पार्टी वा गठबन्धनलाई २७२ सांसद आवश्यक पर्छ ।
भाजपा नेतृत्वको एनडीएले मंगलबार आगामी कदमबारे छलफल गर्न वैठक आयोजना गरेको थियो ।वैठकमा गठबन्धन सदस्यले मोदीलाई फुलको माला लगाइदिएर भावि विजयको लागि पहिले बधाई दिएका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

