भाजपाको बहुमत आउनेभएपछि मिडियामा कहिलै नदेखिएकी मोदीकी आमा, सर्मथकलाई दिईन सन्देश
नयाँदिल्ली । विशेष समयमा आफ्नो उपस्थित जनाउँने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा फेरि चर्चामा आएकी छिन् । भारतमा सम्पन्न लोकसभा चुनावको जारी गणनामा भारतीय जनता पार्टी बलियो देखिँदै गर्दा हीराबेन मोदी झुल्किएकी हुन् ।प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनले समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् । उनले बिहीबार बिहान गान्धीनगर नजिकै रहेको निवासबाहिर आएर समर्थकहरुलाई धन्यवाद दिएकी हुन् ।
सो क्रममा मोदीसमर्थित नारा लागेको थियो । मोदीले चुनाव शुरु हुनुअघि आमाको आशिर्वाद लिएका थिए । वाणरासीबाट चुनाव लडेका मोदी प्रतिद्वन्दीभन्दा भारी मतले अगाडि छन् ।यता भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको निर्वाचन क्षेत्र अमेठीको मतगणनामा बिजेपीकी उम्मेदवार स्मृति इरानीभन्दा ५ हजार मतले पछाडि रहेको जनाइएको छ । मोदीकी आमा खासै मिडियामा आउँदैन थिइन् । तर यो क्षणमा उनीपनि पर्खिएर बस्न नसकेको बताएकी छिन् । एजेन्सी
May 23, 2019 5:21 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग