छोरी लिन आएका ज्वाईसँग सासुआमा नै भागेपछि
काठमाडौ । हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’
समाचार अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।१७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् ।
मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग केटासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्वीर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।
छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । अहिले छोरी बिहे गर्न दुलाहा बनेर गएको केटासँग आमाले नै बिबाह गरेर घरजम गरिरहेकी छिन् । एजेन्सी
May 23, 2019 5:25 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन