Friday 13th March 2026

ज्येष्ठ १३ गते नेपाल बन्दको घोषणा

7 years अगाडी

झापा । प्रहरीको गोलि लागेर एक कार्यकर्ताको मृत्यु भएपछि विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ।बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्।युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै विप्लवले संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्। तीर्थ घिमिरेला नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिएको भन्दै विप्लवले घटनाको भत्सना पनि गरेका छन्।

“हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफनो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फासीवादी अनुहार नागिंएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियान अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ ।” उल्लेख गर्दै विप्लवले सरकारले हत्याको सहारा लिएको आरोप लगाएका छन्।

यसरी मुडभेडको नाममा कार्यकर्ता मारिएपछि विप्लवले डटेर विरोध गर्न मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकार सम्पूर्णमा आह्वान पनि गरेका छन्। यस्तै विप्लवले घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न पनि विज्ञप्ति मार्फत जोडदार माग गरेका छन्।विप्लवले विज्ञप्ति मार्फत सार्वजनिक गरेका संघर्षका कार्यक्रमहरु निम्न छन् ।

१) १० र ११ गते भण्डाफोर, कोणसभा, २) १२ गते देशव्यापी मसाल जुलुस, ३) १३ गते नेपाल बन्द

          May 23, 2019 5:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...