

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाण्डौ – भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएकोे हाई स्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भूकम्पले ध्वस्त बनाएको दरबार हाई स्कुलको मुख्य भवन निर्माणको काम १० महिनाभित्रै सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनुभयो । ४६ कोठा रहेको चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ ।
२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट दरबार हाई स्कुलको निर्माण काम सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण काम सम्पन्न भएको पनि विद्यालयका प्रधानाध्यापक महतोले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिनुभयो । उहाँले दरबार हाई स्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०१० सालमा स्थापना भएको दरबार हाई स्कुल नेपालको पहिलो आधुनिक हाई स्कुल हो । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भैरहेकोे हो । आउँदो मंसिर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने पनि हाई स्कुलका प्रधानाध्यापक महतोले बताउनुभयो ।
May 24, 2019 3:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

