ऐतिहासिक ‘श्रवण कुमार दह’ जाने १५ सय मिटर पदमार्ग तयार
स्याङ्जा – स्याङ्जाको आँधीखोला गाँउपालिकामा पर्ने ऐतिहासिक श्रवण कुमार अन्धाअन्धी दहसम्म पुग्ने १५ सय मिटर पदमार्ग तयार भएको छ । पर्यटककीय एवं एतिहासिक धार्मिक क्षेत्रको रुपमा परिचित अन्धाअन्धी दह आँधीखोलाको मुहानसमेत हो । आँधीखोला गाँउपालिका वडा नम्बर २ को टापुबाट दहसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग तयार गरिएको गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो ।
अन्धाअन्धी श्रवणकुमार पर्यटन गुरु योजना कार्यान्वयन कार्यक्रमको २० लाख रुपैयाँ, नेपाल पर्यटन बोर्डको ५ लाख रुपैयाँ र आँधीखोला गाँउपालिकाको १० लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँको लागतमा १५ सय मिटरको व्यवस्थित पदमार्ग निमार्ण भएको हो ।त्यस्तै गण्डकी प्रदेश सरकारले ४ सय मिटर पदमार्ग निर्माण गर्न सुरु गरिसकेको आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले पदमार्ग निर्माणपश्चात आँधीखोला गाँउपालिकामा आर्थिक क्रियाकलाप वढ्ने जानकारी दिनुभयो । ऐतिहासिक एवं पर्यटकीय क्षेत्र भएकाले समग्र स्याङजाकै आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।
बाटो व्यवस्थित नहुँदासमेत पर्यटकको चाप हुने गरेको बताउँदै गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बाटोे निर्माणपछि पर्यटक निक्कै वढ्ने दाबी गर्नुभयो । श्रवण कुमारले आफ्ना अन्धा वुवा आमालाई बोकेर हिँडेका र त्यस क्षेत्रमा आइपुग्दा पानीको प्यास लागेपछि पानी खोज्ने क्रममा राजा दशरथको वाणबाट छोरा श्रवणकुमारको ज्यान गए पछिअन्धा बुवाआमा रुँदारुँदै आँधीखोला बनेको विश्वास गरिन्छ । चर्चित आँधीखोलाको मुहान नै अन्धाअन्धी दह हो ।
May 25, 2019 10:19 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत